आईपीएल क्रिकेट : लखनउलाई हराउँदै कोलकाता शीर्ष स्थानमा, चेन्न...
बैशाख २४, २०८१ सोमबार
घर जानको लागि विमानस्थल पुग्ने तयारी गर्दासम्म मनमा अनेक प्रकारका विचार आएका थिए । अहिलेको अवस्थामा सजिलै विमानस्थल गएर घर जान सम्भव थिएन । पहिला जस्तो सजिलै टिकट लिएपछि ढुक्क भएर घर पुगिन्छ भन्ने अवस्था त झनै छैन ।
सबै तयारीपछि विमानस्थल पुग्दासम्म मनमा अनेक डर भए पनि आफूसँग आवस्यक सबै कागजपत्र भएकोले मनमा धैर्यता भने थियो नै । विमानस्थलको गेट बाहिर कसैले बोलेको एउटा वाक्यले मलाई तर्सायो ।
‘भाइ सामान लानु हुन्छ कि ?’
मैले सोधेँ, ‘कस्तो सामान दाजु ?’
‘हातमा लगाउने क्या ।’
उनले यति भन्ने बित्तिकै मैले कुरोको चुरो बुझिहालेँ । आजभोलि सुन तस्करको बिगबिगी छ नै । उनले बोलेको वाक्यको अर्थ यही थियो । सुनको बाला बनाएर भरिया बनाई नेपालमा सुन तस्कर गर्ने । मैले उनको प्रस्तावलाई ठाडै अस्वीकार गरेँ ।
यस्तो गैरकानुनी धन्दामा मलाई फस्नु थिएन । म सरासर विमानस्थलभित्र प्रवेश गरेँ । विमानस्थलमा देखिने ठगीका अनेक रङ्गहरुसँग जोगिन म सबैलाई आग्रह गर्दछु । कसैलाई सहयोग गरेँ सोचिरहँदा कारागार पुगिएला, सचेत रहौँ ।
विमानस्थलको गेटमा खिन्न भएको मन विमानस्थलभित्र पुगेपछि प्रसन्न भयो । त्यहाँ घर जानको लागि विमानस्थलभित्र पुग्नुभएका नेपालीहरु देख्दा आफ्नोपनको महसुस बढ्यो । सामाजिक दूरी कायम गर्नुपर्ने हुँदा यसपाली लाइन लामो नै थियो । कोही साथीभाइहरु आफूसँग बढी समान भएकोले चिन्तित पनि देखिनुभएको थियो । यहाँ निर एउटा कुरो सधै मलाई अचम्म लाग्छ भनाैँ या जानीजानी पछुताउने बानी भनौं, टिकटमा जहाजले लिन दिने लगेज स्पष्ट रूपमा उल्लेख गरे पनि बढी सामान ल्याएर विमानस्थलमा अनावस्यक बहस गर्नैपर्ने । यो देखेर मलाई अचम्म लाग्छ । यसपाली पनि विमानस्थलमा यही अवस्था देखियो ।
मानिसहरू लाइनमा उभिएर आफ्नो पालोको पर्खाइमा थिए भने काउन्टरमा अनावस्यक बहस गरी समय बर्बाद गरिरहेका थिए । जति बहस गरे पनि आफ्नो लगेज त्यहाँ तोके भन्दा बढी लिन बिल काट्नु नै पर्ने हुन्छ । त्यो भन्दा अर्को विकल्प छैन नै । यो त लगेज काउण्टरको कुरो थियो । हाते ब्याग चेक गर्ने ठाउँमा त झन ठूलो अन्तर देख्न पाइन्थ्यो । स्पष्ट रूपमा सात किलो लेखिएको थियो र पनि दश किलोसम्म छुट दिएको देखियो । अब त्योभन्दा पनि बढी समान जबर्जस्ती ल्याउँदा दोष कसको ? सामान ल्याउनेको की ? जाँच गर्न बस्नेको ? त्यसैले नियमलाई पालना गरौं ताकि पछुताउनु नपरोस् । हुन त चाडपर्वको बेला हो । घरपरिवार इष्टमित्र सबैलाई सम्झदा सम्झदै सामानको भारी ठूलो भएको पत्तै हुँदैन । तर पनि हामीले यी सबै कुरालाई मिलाएर व्यवस्था गर्नुपर्छ ।
सबै जाँच सकेपछि मलगायत अरु यात्रुहरु जहाज भएतर्फ लाग्यौँ । जहाजमा चढ्यौँ । यो समयमा घर जान कठिन छ भन्ने बाहिर जस्तो हल्ला थियो, त्यहाँ पुगेपछि मलाई त्यस्तो लागेन । केही बेरमै जहाजले भुइँ छोड्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।