सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
बाग्लुङ - बाग्लुङको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मिसेरा सडक बन्द भएको तीन महिनापछि खुलेको छ । बाग्लुङ नगरपालिका–१० दब्लाङमा असारमा गएको ठूलो पहिरोले सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत बन्द बनेको थियो ।
सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिनायता सास्ती खेप्नु परेको थियो । सडक खुलेसँगै दशैँमा घर जान आउन सहज भएको छ । निरन्तरको दबाबपछि दुई हप्ता अघि मर्मत सुरु गरिए पनि वर्षा भएका कारण सडक पहिरोले बगाएपछि सडक सञ्चालनमा ल्याउन केही ढिलाइ भएको मालढुङ्गा कुश्मिसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिनुभयो ।
सरोकारवाला निकायले पटक–पटक निरीक्षण गरे पनि भौगोलिक अवस्थाका कारण सडक नियमित गर्न कठिनाइ भएको थियो । बाग्लुङ नगरपालिकाको जनश्रमदानसहित २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो ।
उपभोक्ता समितिमार्फत सडक मर्मत गरी तत्कालका लागि एकातर्फी रुपमा भए पनि गाडी सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो । सरोकारवाला निकायले अनुगमन गर्दा लागत अनुमान धेरै भए पनि अहिले तत्कालै जनताले पाएको दुःखलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् व्यवस्थापनबाट केही रकम छुट्याएर काम अगाडि बढाइएको बाग्लुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।
लामो समयदेखि बाग्लुङकाे दक्षिणी भेग तथा बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्कविहीन बनेपछि सहज होस् भनेर मर्मत सुरु गरिएको हो । नगरपालिकाले जनश्रमदान बाहेक १६ लाख ६० हजार रुपैयाँ सडकलाई छुट्याएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।
सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा क्षेत्र जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नु परेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।