सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । बडादशैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।
विगतका वर्षमा दशैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो । भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।