सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
जाजरकाेट – जाजरकोटको दुर्गम क्षेत्रमा पर्ने बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ ।
स्वास्थ्य सेवा कार्यालयकाअनुसार स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएकाे समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको छ ।
स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाइ गरिएको समीक्षामा बारेकोटले १०० मा ६१ दशमलव ९२ अङ्क ल्याएर प्रथम भएको हो । त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रो भएका छन्।
भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोटका सबै ठाउँमा सडक पुगेको छैन । पछिल्लो समय जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो ।
घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्त्व बढेको हो ।
उहाँका अनुसार स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।