३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन

 भदौ १९, २०७५ मंगलबार २०:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनशिपको १२ औँ संस्करणको उपाधि नै जित्ने लक्ष्यसहित बंगलादेशको ढाकामा उत्रिएको नेपाली टोलीले पहिलो खेलमै  पाकिस्तानसँग २–१ को हार व्यहोरेको छ । अन्तिम मिनेटमा डिफेन्सको कमजोरीले गर्दा नेपालले नतिजा पाकिस्तानलाई सुम्पन पुग्यो ।

यसै सन्दर्भमा ढाकामा रहेका नेपाली प्रशिक्षक बालगोपाल महर्जनसँग आजको प्रदर्शनबारे गरिएको कुराकानी प्रस्तुत छ :

पहिलो खेलमा नै नेपालले अंक गुमाउन पुग्यो । समग्रमा आजको खेलबारे के भन्नुहुन्छ ?

हामीले नचाहँदा नचाहँदै पहिलो म्याच पाकिस्तानसँग हार्न बाध्य भयौँ । फुटबलमा यस्तो हुन्छ । हामीले यस्ता गल्तीलाई सुधार गरेर अगाडि बढ्ने हो । आजको खेलमा जुन २ वटा चिज नगर्नु पर्ने थियो त्यो गरेर हामी पराजित भयौँ । 

अबको खेलमा सुधार गर्नुपर्ने पक्ष के हो त ?

सुधार हामीले डिफेन्समा गर्नुपर्ने देखियो । हामीले आज डिफेन्समा गल्ती गरेका छौँ, त्यसबाट पाठ सिक्न जरुरी छ । अट्याकिङबाट पनि हामीले गोल गर्न सकिरहेका छैनौँ ।आज हामीले पाएका अबसरलाई पनि सदुपयोग गर्न सकेनौँ । आजको खेल हार्दैमा हामी प्रतियोगितबाट बाहिरिसकेका  छैनौं । अब बाँकी रहेका दुई वटै खेलमा जित निकालेर सफल हुने ठाउँ पनि छ । 

दोस्रो हाफमा निराजन मैदान प्रवेश गरेपछि खेलमा केही सुधार भएको हो ?

अवश्य पनि । निराजनले बल पोजिसन र पासहरु मिलाउन सजिलो भएको थियो । प्रतियोगितामा हार जित त भै नै रहन्छ । तर आज मेजर केही गल्तीहरु भएका छन् ।

अर्को खेलमा खेलाडी परिवर्तनको सम्भावना कति ?

हेरौँ । आजको खेलको पहिला समीक्षा गर्छौँ । त्यसपछि कसले कस्तो प्रदर्शन गरेको छ त्यसैका आधारमा खेलाडीको विषयमा सोच्छौँ । 

अर्को चरणमा पुग्ने विषयमा कतिको आशावादी हुनुहुन्छ ?

आजको खेलबाट ३ अंक हामीले पाकिस्तानलाई दिएका छौँ । पहिला पनि हामीले यस्तो खेल खेलेका छौँ । पहिलो खेल हारे पनि पछिल्ला खेलमा हामीले कमब्याक गछौँ । भलै पछिल्ला खेलहरुमा हामी बढी दबाबमा हुनेछौं । त्यो दबाबलाई चिरेर अघि बढ्न नेपाल तयार छ ।

कम्तीमा आज १ अंक लिएको भए अरु खेलमा हामीलाई अलि सजिलो हुने थियो । हामीले अन्तिम ३० सेकेण्ड धैर्यता राख्न नसक्दा ३ अंक नै गुमाउन बाध्य भयौँ ।
 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया