सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
हुम्ला - जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।
टिकट नपाए पछि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाही उपचारमा जान पाउनु भएन ।
शाहीले टिकट पाए पनि कुरुवाले टिकट नपाएपछि हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएको उहाँका छोरा दीर्घ शाहीले बताउनुभयो । यसैबीच, विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् ।
नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाई कम्पनीले नियमित उडान नभर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । यस्तै, हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा हुम्लाबाट नेपालगञ्ज, सुर्खेतलगायत जिल्लामा आउने जाने यात्रुलाई सास्ती भएको छ ।
दशैँ मनाएर काठमाण्डौ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । हप्ता दिनसम्म धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गर्नुभयो । पहुँचवालाले सहजै टिकट पाउने गरेका उहाँको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।