यूएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिइन् स्लोनी स्टेफेन्स

 भदौ २०, २०७५ बुधबार ६:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साविक विजेता अमेरिकी खेलाडी स्लोनी स्टेफेन्स यूएस ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरीएकी छिन् ।

१९औं बरियताकी अनास्तासिजा सेभास्तोभासंग स्तब्ध भएकी स्टेफेन्स दुई शुन्यको सोझो सेटमा पराजित भइन् । तेस्रो बरियताकी स्टेफेन्स न्युयोर्कका उच्च तापक्रममा केही लडखडाएकी थिइन् । पुरै खेलमा २७ इरर सत प्रहार गरेकी स्टेफेन्स पहिलो सेटमा ६–२ ले पराजित भइन् । 

दोस्रो सेटमा पनि सेभास्तोभासँग टक्कर दिन नसकेकी उनले ६–३ ले हार्न पुगिन् । जितसँगै लातभियाकी सेभास्तोभा करियरको पहिलो पटक ग्राण्डस्लामको सेमिफाइनलमा प्रवेश गरिन् । अब उनले सेमिफाइलनमा सेरेना विलियम्स र कारोलिना पिल्सकोभा बीचको विजेतासँग खेल्नेछिन् ।

यता पुरुष तर्फ अर्जेन्टिनी खेलाडी हुवान मार्टिन डेल पोर्तोले जोन इस्नरलाई तीन एकको सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए । तेस्रो बरियताका पोर्तोले इस्नरलाई ६–७, ६–३, ७–६ र ६–२ को सेटमा हराए । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया