त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
कात्तिक २३, २०८१ शुक्रबार
अमेरीकी खेलाडी सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । २४ पटककी ग्राण्डस्लाम विजेता सेरेनाले चेक गणतन्त्रकी कालोलिना प्लिस्कोभालाई हराउँदै अन्तिम चारमा स्थान बनाइन् ।
न्युयोर्कमा भएको खेलमा ३६ वर्षीया सेरेनाले उत्कृष्ट प्रदर्शन गर्दै कारोलिनालाई दुई सेटमा हराइन् । लगातार नवाैँ पटक यूएस ओपनको सेमिफाइनलमा पुगेकी सरेरेनाले आठौ बरियताकी कारोलिनालाई ६–४ र ६–३ को सेटमा हराइन् ।
अहिले विश्व बरियतामा १७ औं स्थानमा रहेकी सेरेना बच्चाकी आमा बजेपछि पहिलो ग्राण्डस्लाम जित्ने लक्ष्यमा छिन् । अब सेमिफाइनलमा उनले अनास्तासिजासँग खेल्नेछिन् । उनले साविक विजेता स्टेफेन्सलाई हराउँदै सेमिफाइनलमा पुगेकी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।