धादिङमा दुई बस ठाेक्किँदा ३५ जना घाइते

 कात्तिक २४, २०७८ बुधबार १४:५१:३७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको कालुपाण्डे मार्ग अन्तर्गत नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै आज बुधवार दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । साँघुरो घुम्तीमा दुई वटा बस ठाेक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।  

काठमाण्डौबाट धादिङबेसी हुँदै फुलखर्क आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस र धादिङबेसीबाट चितवन जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूकाे धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनालाई काठमाण्डाैकाे ट्रमा सेन्टरमा थप उपचारका लागि रेफर गरिएको छ । 

केही व्यक्तिलाई बसमा च्यापिएकाे अवस्थामा उद्धार गरिएको थियो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया