प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णालीमाथि एपीएफको फराकिलो जीत
माघ १, २०८१ मंगलबार
काठमाडौं - काठमाडौं महानगरपालिकाले न्यूरोडमा एकै पटक पाँच सय वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ ।
महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ ।
कूल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।
शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने व्यवस्था सहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ । सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने कामपाको दाबी छ ।
भवन निर्माण गर्न कामपाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ । सवारीसाधन पार्क गरेर राख्ने स्थानको अभाव हुँदा पनि उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ । यो भवन निर्माणसँगै काठमाडौँ उपत्यकाको सडक चापमा कमी आउने बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।