मर्स्याङ्दी–काठमाण्डौ विद्युत् प्रसारण लाइनको काममा धादिङको कुम्पुरवासीकाे अवरोध

 कात्तिक २८, २०७८ आइतबार १९:२९:१० | सिताराम अधिकारी
unn.prixa.net

धादिङकाे पिपलटार

धादिङ – विद्युत् प्रसारण लाइन बनाउँदा आफ्नो जग्गामा पोल र तार परेका धादिङको कुम्पुर पिपलटारका बासिन्दाले काममा अवरोध गरेका छन् । 

मर्स्याङ्दी–काठमाण्डौ दुई सय २० केभी प्रसारण लाइन आयोजनाले २०७४ साल असोजमा सूचना प्रकाशन गरेको जग्गाको रेखाङ्कनभन्दा आठ मिटर पर पर्ने गरी २०७६ सालको जेठमा अर्को सूचना प्रकाशन गरेपछि स्थानीयवासीले अहिले काममा अवरोध गरेका हुन् ।

अर्को रेखाङ्कन गर्दा ६० जनाभन्दा धेरैको जग्गा परेकाले क्षतिपूर्तिको माग गरिएको पीडित आनन्द अधिकारीले बताउनुभयो । दोस्रो रेखाङ्कनमा जग्गा परेकाहरूलाई क्षतिपूर्ति नदिएसम्म काम अघि बढाउन नदिने उहाँले बताउनुभयो ।

ज्वालामुखी गाउँपालिकाले पनि पहिलो रेखाङ्कनअनुसार नै प्रसारण लाइन बनाउन विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया