भारत र अफगानिस्तानविरुद्धको सिरिजका लागि नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा

 भदौ २२, २०७५ शुक्रबार १६:५५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भारत र अफगानिस्तानविरुद्धको सिरिजका लागि नेपाली यू–१९ क्रिकेट टोलीको घोषणा गरिएको छ ।
 
शुक्रबार घोषणा गरिएको १५ सदस्यीय सिरिजमा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । गएको साउन २९ देखि ३१ सम्म चलेको ट्यालेन्ट हण्टबाट छानिएका खेलाडीहरुमध्ये ६ जना अन्तिम छनोटमा परेका छन् ।
 
त्यस्तै यसअघि यू–१९ र यू–१६ टोलीबाट खेलिसकेकाहरुलाई समेत समेटेर टिम छनोट गरिएको मुख्य प्रशिक्षक बिनोद दासले जानकारी दिए । आईसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक दास, सुनोज भट्टराई र राजु खड्कालगायतले नेपाली टोलीको छनोट गरेको हो ।
 
नेपाली टोलीको कप्तानको जिम्मेवारी मोहम्मद आसिफ शेखलाई दिइएको छ । त्यस्तै तृतराज दास, रीत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमल सिंह ऐरी र सन्दीप जोरा टिममा छन् । उनीहरु सबै यसअघि यू–१९ र यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु हुन् ।
 
टिममा ६ जना नयाँ अनुहार छन् । रवि साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम गत महिनाको अन्त्यमा भएको ट्यालेन्ट हन्टबाट छनोट भएका हुन् ।
 
नेपाली टोली सेप्टेम्बर १० अर्थात सोमबार भारत प्रस्थान गर्नेछ ।
 
आगामी सेप्टेम्बर १२ देखि भारतको कोलकातामा भारत, नेपाल र अफगानिस्तानसहित भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको यू–१९ टोली सम्मिलित एकदिवसीय सिरिज हुँदैछ ।
 
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १२ मा राष्ट्रिय क्रिकेट एकेडेमीसँग खेल्नेछ भने सेप्टेम्बर १४ मा भारतको यू–१९ र सेप्टेम्बर १६ मा अफगानिस्तान यू–१९ टोलीविरुद्ध खेल्नेछ ।
 
समूहमा सबैले एकले अर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको प्लेअफ खेल्नेछन् ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया