सल्यान घटनामा बाँचेका बालिकाको नाममा बैंक खाता, पहिलो दिन डेढ लाख जम्मा

 भदौ २२, २०७५ शुक्रबार १८:७:८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानको बागचौर नगरपालिका ४ सेतोगुराँसमा भदौ १२ गते घर भत्किएर पाँच जनाले ज्यान गुमाएको घटनामा बाँच्न सफल तीन बालिकाको नाममा प्रशासनले बैंक खाता सञ्चालन गरिदिएको छ ।

घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने एक बालिका बाँच्न सफल भएकी थिइन् । यस्तै २ जना बालिका भने साथीको घरमा गएका कारण बाँच्न सफल भएका थिए । घटनामा बाँचेका तीन बालबालिकालाई आर्थिक संकलन गर्नका लागि बैंकमा खाता खोलिएको प्रशासनले जनाएको छ । 

१३ वर्षीया कमला विक, ९ वर्षीया सुनिता विक र १० वर्षीया पुतला कामीको नाममा हजुरबुबा देवीराम कामी संरक्षक रहने गरी खाता सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो ।

मुक्तिनाथ विकास बैंकमा खाता नम्बर ०४३२०७००३९३२६००००००१ रहनेगरीे सुनौलो बाल बचत खाता खोलिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।

केही दिनअघि कर्णाली सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार मन्त्री खड्ग बहादुर खत्रीले पीडित परिवारलाई प्रति मृतक ३० हजारका दरले १ लाख ५० हजार राहत हस्तान्तरण गर्नुभएको थियो ।

कर्णाली सरकारको तर्फबाट प्राप्त रकम पनि बालबालिकाको नाममा बैंकमा जम्मा गरिसकिएको ढकालले बताउनुभयो ।

पीडित बालिकाहरुलाई सहयोग स्वरुप अन्य सहयोगी दाताहरुले पनि राहत रकम जम्मा गर्न चाहेमा सो बैंकको खातामा जम्मा गर्न सकिने उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया