बंगलादेशलाई कडा चुनौती दिन सकिन्छ: कप्तान विराज महर्जन

 भदौ २३, २०७५ शनिबार १४:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान विराज महर्जनले बंगलादेशलाई कडा चुनौती दिन सकिने बताएका छन् ।

आज पौने ७ नेपाल र बंगलादेश  साफ च्याम्पियनसिप फुटबलमा भिड्दै छन् । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो ।

आजको अन्तिम खेलमा नेपालाई जित्नै पर्ने दवाव रहेको विषयमा कप्तान महर्जनसँग कुरा गर्दै बंगलादेश त्यतिधेरै सशक्त टिम नभएकाले आफूहरुले प्रेसर फिल नगरेको बताए । उनले भने बंगलादेशको टिम पनि नेपालको जस्तै छ, पहिलो जस्ले गोल गर्छ, त्यसैले जितिने भएकाले नेपालले आज उत्कृष्ट फुटबल खेल्ने छ ।’

नेपाली टिमका गोल किपर किरन लिम्बु पनि विराजको भनाईमा सहमत देखिन्छन् । पाकिस्तानविरुद्धको खेलमा नेपालले सानो गल्ती गर्दा ३ अंक गुमाएको बताउने लिम्बूले दोस्रो खेलमा केही सुधार भएको बताए ।

उनले अझै पनि डिफेन्स लाइनमा नेपालको समस्या रहेको बताउने लिम्बुले यसलाई सुधार गरे आज नेपाली टिम मैदान उत्रने बताएका थिए । यसैगरी स्ट्राइकर अनन्त तामाङले केही गल्तीहरु सच्याएर आज मैदान उत्रने बताउँदै यसले पक्कैपनि नेपाललाई फाइदा पुग्ने विश्वास ब्यक्त गरे । 

अन्तिम अपडेट: कात्तिक २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया