सप्तरी : बलात्कारकाे मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगेकाे आराेपमा २ जना पक्राउ

 पुस ४, २०७८ आइतबार १९:०:५८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा बलात्कारको मुद्दा लगाएर जेल पठाइदिने धम्की दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । खडक नगरपालिका वडा ९ लालपट्टीका ३२ वर्षीय रहमान मियाँ र रुबिना खातुनलाई प्रहरीले आज आइतवार पक्राउ गरेको हो ।

रुबिनाले गएको मङ्सिर ३ गते त्यही ठाउँकी समसुल मियाँका पत्नी गुलेसा खातुनलाई फोन गरी समसुलले बलात्कार गरेको र मुद्दा मिलाउन चार लाख रुपैयाँ नदिए मुद्दा हालेर जेल पठाउने धम्की दिएका थिए । रुबिनाले गएको मङ्सिर १० गते बार्गेनिङ गरी एक लाख रुपैयाँ ठगी गरेकी थिइन् । पीडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया