सल्यानमा भीरबाट खसेको ढुंगाले लागेर युवकको ज्यान गयो

 भदौ २४, २०७५ आइतबार १७:१८:४० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानमा भीरबाट खसेको ढुंगाले लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको कालिमाटी गाउँपालिका–१ चङखेनीमा ढुंगाले लागेर युवकको ज्यान गएको हो ।

ज्यान जानेमा कालिमाटी गाउँपालिका–१ चङखेनीका ३५ वर्षीय भक्तबहादुर डाँगी रहेको प्रहरीले जनाएको छ । शनिबार बेलुका मलामी गएर घर फर्किंदै गर्दा भीरबाट खसेको ढुंगाले उनको टाउकोमा लागेको प्रहरीले जनाएको छ । 

ढुंगाले टाउकोमा लागेपछि उनकोे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया