अर्घाखाँचीको जयठाटीमा बस दुर्घटना : दुई जनाको ज्यान गयो, १८ ...
कात्तिक १९, २०८१ सोमबार
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नियुक्त गरेका नेपाली पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् ।
यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज मङ्गलवार नेपाल आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । क्यानको गएकाे मङ्सिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकका रूपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले फेरि नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।
आज विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले फेरि नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे । साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए ।
प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । त्यही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकका रूपमा लिइन्छ । पूर्व मुख्य प्रशिक्षक डेभ वाटमोरले ओमान भ्रमणका क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टाेली मुख्य प्रशिक्षकविहीन रहेको थियो । त्यसपछि क्यानले खुला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।