अर्घाखाँचीको जयठाटीमा बस दुर्घटना : दुई जनाको ज्यान गयो, १८ ...
कात्तिक १९, २०८१ सोमबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) ले फ्रेन्ड्स क्लबलाई हराएकाे छ । आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे दाेस्राे खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई तीन–दुई गोल अन्तरले हराएको हाे ।
दशरथ रङ्गशामा भएको खेलमा एनआरटीले पहिलाे हाफकाे २० मिनेटभित्रै दुई गाेल गर्याे । उसका लागि विदेशी खेलाडी स्टेफाने विनाेङ्गले खेलकाे पाँचाैँ मिनेटमा र अर्का विदेशी खेलाडी मिसुके ओलुमाेले २० औँ मिनेटमा गाेल गरे । पहिलाे हाफमा एनआरटी दुई–शून्यले अघि रह्याे ।
त्यसपछि खेलकाे ८० औँ मिनेटमा फ्रेन्ड्सका विदेशी खेलाडी जमाेल फ्रान्काेसले गाेल गर्दै टाेलीलाई खेलमा फर्काउने सङ्केत गरे । तर खेलकाे ९४ औँ मिनेटमा एनआरटीका मिसुके ओलुमाेले व्यक्तिगत दाेस्राे गाेल गर्दै अग्रता तीन–एकमा पुर्याए । फेरि ९७ औँ मिनेटमा फ्रेन्ड्सका विदेशी खेलाडी नाथलियल गार्सियाले गाेल गरेपछि नतिजा तीन–दुईमा टुङ्गियाे ।
एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले दुई गोल गरे । यस्तै स्टेभेन समिरले एक गोल थपे । फ्रेन्ड्सका जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए ।
जितसँगै एनआरटी सात खेलमा १० अङ्क जोड्दै तालिकाकाे पाँचाैँ स्थानमा उक्लकाे छ । समान खेलमा तीन अङ्क जाेडेकाे फ्रेन्ड्स पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।