‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारले जावलाखेललाई हरायो

 पुष १७, २०७८ शनिबार १५:४९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर स्राेत : थ्री स्टार क्लब

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको पहिले खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–१ गोलले हराएको हो । थ्री स्टारका आयुष घलान र ऋतिककुमार खड्काले गोल गरे । जावलाखेलका लागि निकोलस फर्नान्डेसले एक गोल फर्काए । जितसँगै थ्री स्टार १० अंकसहित पाँचौ स्थानमा पुगेको छ । सात अंक रहेको जावलाखेल नवौँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया