पाकिस्तानका पूर्वकप्तान माेहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

 पुष १९, २०७८ सोमबार १४:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तान क्रिकेट टिमका अलराउन्डर तथा पूर्वकप्तान माेहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । 

हफिजले पाकिस्तानी टिमका लागि ५५ टेस्ट, दुई सय १८ एकदिवसीय र एक सय १९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले १८ वर्षअघि सन् २००३ अप्रिल ३ मा शारजाहमा जिम्बाब्वेसँग खेल्दै क्रिकेट करियरकाे सुरुवात गरेका थिए । 

पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी) काे तर्फबाट जारी गरिएकाे बयानमा माेहम्मद हफिजले भनेका छन्, ‘म आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ भन्न गइरहेकाे छु । मैले आफूले साेचेकाे भन्दा धेरै उपलब्धि हासिल गरेकाे छु । मलाई सहयाेग गर्नुहुने साथी खेलाडी, कप्तान, पीसीबीलगायतलाई धन्यवाद भन्न चाहन्छु ।’

पीसीबीका अध्यक्ष रमीज राजाले हफिजले क्रिकेटकाे विभिन्न फर्म्याटमा आफ्नाे काैशल देखाएकाे र करियरकाे अन्त्यतिर टी–२० स्पेशलिस्ट पनि बनेकाे बताएका छन् । 

हफिजले आफ्नाे लामाे करियरमा तीन एकदिवसीय विश्व कप (सन् २००७, २०११ र २०१९) खेले । उनी पाकिस्तानकाे ६ टी–२० विश्वक कप टिमकाे हिस्सा पनि रहे । उनले तीन च्याम्पियन्स ट्रफी पनि खेले । 
माेहम्मद हफिजले ३२ अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानी टिमकाे नेतृत्व पनि गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया