तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

 भदौ २५, २०७५ सोमबार ९:३३:१० | रासस
unn.prixa.net

तनहुँ – म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा हुनुहुन्छ । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा पर्नुभएकी उहाँले हालसम्म पनि न्याय पाउनुभएको छैन ।

आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उहाँले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अब त आफू बाँच्दा नै अपराधीलाई कारवाही भएको देख्न पाउने आशा मरिसकेको उहाँले बताउनुभयो । घरमा कोही नभएको मौका पारी रक्सीले मातेर आएका विकले ती वृद्धालाई बलात्कार गरेर भागेको स्थानीयवासी बताउँछन् ।

जबर्जस्ती बलात्कार गर्दागर्दै वृद्धाले हारगुहार गर्न थालेपछि विक भागेका थिए । उक्त घटनाका बारेमा प्रहरीलाई तत्कालै जानकारी गराउँदा पनि अभियुक्त विकलाई पक्राउ गर्न प्रहरी असफल भयो ।

पीडित वृद्धाको सोही दिन दमौली अस्पतालमा ल्याई स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको थियो । स्थानीयले तत्काल प्रहरीलाई खबर गरी केही अनुसन्धानका प्रक्रिया अगाडि बढेका भए पनि अहिलेसम्म दोषी फरार रहेकाले कुनै फैसला हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । उहाँले घटनाबारे सम्पूर्ण अनुसन्धान सकेर फरार अभियुक्तका रुपमा जिल्ला अदालतमा पेश गरिएको जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिकाको बाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महाकाली खनालले प्रहरीले गम्भीर भएर अनुसन्धान गरेको भए अभियुक्त तत्कालीन समयमै पक्राउ पर्नसक्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया