तीजकाे दर खाँदा सुर्खेतमा ९ जना बिरामी

 भदौ २५, २०७५ सोमबार १०:३६:३० | रासस
unn.prixa.net

सुर्खेत – तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । 

वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन् । 

बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उहाँले जनाउनुभयो । टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्था अहिलेसम्म सुधारमा नआएको बिरामीका आफन्त पूजा सुनारले जानकारी दिनुभयो । 

क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले खानामा विषाक्त पदार्थ मिसिएका कारण यो समस्या आएको जानकारी दिनुभयो । बिरामी सबैको उपचार भइरहेको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया