सङ्कटा र सातदोबाटोबीचकाे खेल १–१ गाेलकाे बराबरीमा सकियाे

 पुष २३, २०७८ शुक्रबार १५:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आज शुक्रवारदेखि सुरु भएको आठौँ चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा सकिएकाे छ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले एक–एक गोलकाे बराबरी खेलेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक–एक गोल गरेका थिए । 

सातदोबाटोका लागि सुशील राईले २३ औँ मिनेटमा गोल गर्दै टाेलीलाई एक–शून्य अग्रता दिलाएका थिए । सातदोबाटोको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२ औँ मिनेटमा सङ्कटाका लागि जयाले गोल गर्दै खेललाई एक–एक को बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक–एक गोलको बराबरीमा सकिएकाे हेा । 

याे बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा आठ खेलबाट १४ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको सातदोबाटो नाै अङ्क जोडेर तालिकाको आठौँ स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया