पीएम कप : पुलिसले सुदूरपश्चिमलाई २ रनले हरायाे

 पुष २६, २०७८ सोमबार १३:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सोमवार भएको अर्काे खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पुलिसले सुदूरपश्चिमलाई दुई रनले हराएको हो । पुलिसले सुदूरपश्चिमलाई ९४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २७, नारायण जोशीले २२ र खडक बोहराले १३ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । सुदूरपश्चिमलाई ९१ रनमै रोक्न पुलिसका आरिफ शेखले चार विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले २१, पवन सर्राफले २० र आरिफ शेखले १० रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले तीन–तीन विकेट लिए । 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया