अर्घाखाँचीको जयठाटीमा बस दुर्घटना : दुई जनाको ज्यान गयो, १८ ...
कात्तिक १९, २०८१ सोमबार
काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि मैदानमा आज भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो । हिजो भएको आफ्नो पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो । आर्मीले हिजो उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।
आजको खेलमा आर्मीले जितका लागि दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । पुलिसका कुशल भुर्तेलले ३५, रासिद खानले २८, अनिल शाहले २२ रन जोडे । दिलिपनाथ २५ रनमा अविजित रहे ।
आर्मीका सहाव आलमले तीन, जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी १९ ओभर ५ बलमा १ सय ३७ रनमा अलआउट भएको थियो ।
आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन तथा सोमपाल कामीले ४२ रन जोडे । पुलिसका करण केसीले चार विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।