आगलागी र डढेलोका कारण २ हप्तामा १० जनाको ज्यान गयो, २२ करोड...
बैशाख १४, २०८१ शुक्रबार
अर्घाखाँची – अर्घाखाँचीको किमडाडामा नरभक्षी चितुवाको आक्रमणबाट ५ वर्षीया बालिकाको ज्यान गएको छ ।
सन्धिखर्क नगरपालिका वडन नम्बर –१०, धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी ५ वर्षीया छोरी सदिक्षा रानाको तीजको समयमा मामाघर जाँदै गर्दा चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज मल्ले बताउनुभयो ।
आमासँगै सन्धिखर्क –८, किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानीआमाको घर नजिकै बालिकालाई चितुवाले आक्रमण गरेको हो । तीन बहिनी सँगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरबारीमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरी जंगलतर्फ लगेको थियो ।
‘हामी बसेर चाउचाउ खाँदै थियौँ । बीचमा बसेकी कान्छी बहिनीलाई चितुवाले लगेर गयो’ रुँदै आमा र सानी हजुरआमालाई सदिक्षाकी दिदीले बताएपछि स्थानीय नागरिक हारगुहार गर्दै जंगलतर्फ गएका थिए । खोज्दै जादा चितुवाले खाएर क्षतविक्षत बनाएको अवस्थामा बालिकाको शव भेटियो ।
घटनास्थलको प्रकृतिको मुचुल्कासहित पोस्टमार्टमको निम्ति बालिकाको शव जिल्ला अस्पताल लगिएको छ ।
नरभक्षी चितुवाले पछिल्लो ३ वर्षमा डेढ दर्जनभन्दा बढी बालबालिकालाई आक्रमण गरेको छ । चितुवाको आक्रमणबाट पछिल्लो तीन वर्षमा मात्रै यस क्षेत्रमा १२ जनाको ज्यान गएको छ । ६ जना घाइते उपचारपछि निको भएका छन ।
चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित भएका छन् ।