तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – अष्ट्रेलियाका खेलाडी ग्लेन म्याक्सवेलले बीग बास लिग बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । होबार्ट ह्युरीकेन्ससँगको खेलमा मेलबर्न स्टार्सका म्याक्सवेलले सर्वाधिक एक सय ५४ रनको अविजित पारी खेले ।
मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको स्टार्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ७३ रन बनायो । यो खेलमा ग्लेन म्याक्सवेल ६४ बलमा २२ चौका र ४ छक्कासहित एक सय ५४ रनमा अविजित रहे । यो बीग बास लिग इतिहासमा एक खेलाडीले एक खेलमा बनाएको सर्वाधिक रन हो । त्यस्तै लिगमा योगफल पनि इतिहासकै सर्वाधिक धेरै हो ।
यसअघि सिड्नी थन्डरले सिड्नी सिक्सर्सविरुद्ध गएको वर्ष ५ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो । म्याक्सवेलले मार्कस स्टोइनिसको कीर्तिमान तोडेका हुन् । मेलबर्न स्टार्सका मार्कस स्टोइनिसले गएको वर्ष सिड्नी सिक्सर्ससँगको खेलमा एक सय ४७ रनको अविजित पारी खेलेका थिए ।
नेपालका खेलाडी सन्दीप लामिछानेले आजको खेलमा ४ ओभरमा ५२ रन खर्चिए । ग्लेन म्याक्सवेलले उनको चौथो ओभरमा लगातार पाँच चौका हिर्काएका थिए । लामिछानेले आजको खेलमा कुनै पनि विकेट लिन सकेनन् । आजकाे खेल मेलबर्न स्टार्सले १ सय ६ रनकाे फराकिलाे अन्तरले जितेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।