अर्घाखाँचीको जयठाटीमा बस दुर्घटना : दुई जनाको ज्यान गयो, १८ ...
कात्तिक १९, २०८१ सोमबार
काठमाण्डाै – आयोजक नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि आज सोमवार मरिससकाे टोली काठमाण्डाै आइपुगेको छ ।
पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टाेली अहिले बन्द प्रशिक्षणमा छ ।
अहिले फिफा वरीयताको एक सय ७२ औँ स्थानमा रहेको मरिसस टाेलीले नेपालसँग सुखद नतिजाकाे लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मरिसस नेपाल आएको हो । पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताएका छन् ।
नेपालसँग हुने खेल मरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशन्स छनोटको तयारीका रूपमा लिएको छ । घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षक फ्रान्काेइसले बताए ।
मैत्रीपूर्ण खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आइपुगेको टोलीको कोरोना परीक्षणपछि मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी छ । कोभिड मापदण्डअन्तर्गत मरिसस टोली खेलभन्दा पाँच दिन अगाडि नै काठमाण्डाै आइपुगेकाे हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।