अर्घाखाँचीको जयठाटीमा बस दुर्घटना : दुई जनाको ज्यान गयो, १८ ...
कात्तिक १९, २०८१ सोमबार
काठमाण्डाै – आईसीसी विश्व कप टी–२० ग्लोबल छनोट 'ए' अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज शुक्रवार सार्वजनिक गरेको टी–२० ग्लोबल छनोटको खेल तालिकाअनुसार नेपाल र ओमानबीच उद्घाटन खेल हुने भएकाे हो ।
ग्लोबल छनोटअन्तर्गत नेपाल रहेकाे समूह 'ए' मा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह १ मा नेपाल, ओमान, क्यानडा, र फिलिपिन्स छन् भने समूह २ मा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी छन् । ओमानमा नै आयोजना हुने उद्घाटन खेल आउँदाे फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा स्थान बनाउने छन् ।
त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ ।
नेपालले विश्व कप छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० शृङ्खला खेल्नेछ । ओमानमा हुने त्याे शृङ्खलामा नेपालसहित यूएई, आयरल्यान्ड र घरेलु टोली ओमानबीच प्रतिस्पर्धा हुनेछ । त्याे शृङ्खला माघ २८ देखि फागुन २ गतेसम्म हुनेछ ।
नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते यूएईसँग खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।