जय ट्रफी एलिट कप : फाइनल खेलको पहिलो दिनमा पुलिसको राम्रो श...
माघ १, २०८१ मंगलबार
पाकिस्तानको इतिहासमा तीन पटकसम्म प्रथम महिला बनेकी कुलसुम नवाजकोे उपचारका क्रममा मङ्गलबार लण्डनमा मृत्यु भएको छ । उहाँ ६८ वर्षकी हुनुहुन्थ्यो ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी धर्मपत्नी कुलसुमको मृत्युको खबरलाई शरीफको दल सम्बद्ध स्रोतले पुष्टि गरेको छ ।
कुलसुमका पति तथा पूर्व पाकिस्तानी प्रधानमन्त्री भने पदीय मर्यादाविपरीत आर्थिक अपचलनसम्बन्धी मुद्दामा आरोपित बनेपछि सुनुवाइका लागि पाकिस्तानी जेलमा बन्दी रहनुभएको छ ।
कुलसुमलाई क्यान्सरका चार प्रमुख समस्यामध्ये एक लिम्फोमा नामक समस्याका कारण गएको वर्षको अगस्तदेखि लण्डनस्थित एक अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो ।
‘बेगम कुलसुम नवाजको मृत्यु लण्डनको एक निजी अस्पतालमा उपचारका क्रममा मङ्गलबार भएको छ’, पाकिस्तानी मुस्लिम लिग–नवाजका प्रवक्ता मार्याम अरुन्जेबले बताउनुभयो ।
उहाँको स्वास्थ्य स्थितिमा जटिलता आएपछि मङ्लबार बिहानैदेखि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।
कुलसुमलाई उपचार गराइरहेका नवाज शरीफलाई पाकिस्तानी अदालतमा सुनुवाइका लागि चुनावको केही पहिले गएको जुलाई १५ मा बोलाइएको थियो । पाकिस्तान आएलगत्तै शरीफकी छोरी र उहाँलाई पक्राउ गरी जेलमा राखिँदै आएको छ ।
कुलसुमको अन्त्येष्टि र काजक्रियामा सहभागी हुन नवाज शरीफ र उहाँकी छोरी मरियमलाई रिहा गरिने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।