जय ट्रफी एलिट कप : फाइनल खेलको पहिलो दिनमा पुलिसको राम्रो श...
माघ १, २०८१ मंगलबार
पर्वत – पर्वतमा पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ ।
कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो ।
संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको छ । उक्त सर्पलाई पोखराबाट आएका तीन प्राविधिक कातिला, रोशन गिरी र रवीन्द्र विश्वकर्मा तथा डिभिजन वन कार्यालय पर्वतबाट खटिनुभएका चूडामणि बराल, गोविन्द पौडेल र ईश्वर पुरीले कालीनाग भएको पुष्टि गरेका थिए ।
जिल्लामै पहिलो पटक यति ठूलो सर्प अहिलेसम्म देखिएको थिएन । उक्त सर्पलाई प्राविधिकले उपयुक्त बासस्थानमा छाडिएको बताएका छन् । शनिबार बस्ती नजीकैको बारीमा देखिएको उक्त सर्प आइतबार बिहान स्थानीयवासी चक्रपाणि सुवेदीको घरको कोठामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा शनिबार अपराह्न ३ बजे स्थानीयवासीले बारीमा देखेका थिए । यस क्षेत्रमा पाइने अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर त्यसले खाएको थियो ।
तराई क्षेत्रमा पाइने याे प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक कातिलाले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको क्षेत्रमा ठूलो प्रजातिको सर्प घरभित्रै पसेपछि स्थानीयवासी त्रसित बनेका थिए ।
याे पनि पढ्नुहाेस् ।
अनौठो सर्प देखिएपछि गाउँले त्रसित
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
BPBhattarai
April 27, 2020, 8:58 p.m.११ फिटको सर्प ९ किलोग्राम मात्र हुन्छ र भन्या। राम्रो लेख्नु पर्यो, सम्पादन गर्नु पर्यो है साथी हो।
नारायणराज पन्त
Oct. 7, 2019, 6:50 p.m.नेपालको पहाडी भागमा पनि यो जातको सर्प पाइने रहेछ भन्ने कुरा यसबाट प्रमाणित हुन्छ।
anuj
Dec. 5, 2018, 4:43 a.m.त्यो घर नजिक नागदेवताको नियमित पूजा गर्नुपर्छ /