चोरी भएका मोटरसाइकल प्रहरीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

 माघ २६, २०७८ बुधबार १२:४८:१९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको हरिवनमा रहेको  इलाका प्रहरी कार्यालयले विभिन्न समयमा हराएका र चोरी भएका ६ वटा मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले बुधबार सर्लाहीको हरिवनमा सम्बन्धित व्यक्तिलाई बोलाए ६ वटा मोटरसाइकल  हस्तान्तरण गरेको हो । प्रहरीका अनुसार सम्बन्धित व्यक्तिलाई  हस्तान्तरण गरिएका मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा र दुर्घटना हुँदा छोडेर भागेको अवस्थामा  फेला परेका हुन् । चोरी भएका सबै मोटरसाइकल बजाज कम्पनीको पल्सर  २२० सीसी भन्दा माथिको रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयो ।

हरिवन प्रहरीले यस भन्दा अघि पनि चोरी भएका विभिन्न कम्पनीका ८ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया