च्यासललाई हराउँदै पुलिस 'ए' डिभिजन लिगकाे १० औँ स्थानमा उक्लियाे

 माघ २६, २०७८ बुधबार १५:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएकाे छ । 

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज बुधवार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई दुई–एक गोल अन्तरले हराएकाे हाे । पुलिसको जितमा रविशङ्कर पासवानले दुवै गाेल गरे । च्यासलका लागि भने मौसा अबागानाले एक गोल फर्काए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पासवानले खेलकाे ३७ औँ मिनेटमा गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उनले नीरकुमार राईले उपलब्ध गराएको बलमा गोल गरेका हुन् । खेलको ५२ औँ मिनेटमा च्यासलका मौसाले पेनाल्टीमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । पुलिसका कप्तान सुमन सुवेदीले खेलको ५१ औँ मिनेटमा रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो ।  

त्यसपछि खेलको ७० औँ मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई दुई–एकको जित दिलाए । सुमन लामाले उपलब्ध गराएको बलमा पासवानले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे । 

याे जितसँगै पुलिसले नौ खेलमा १० अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको दशौँ स्थानमा उक्लिएको छ । समान नौ खेल नै खेलको च्यासल पाँच अङ्कसहित तालिकाको १३ औँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया