अस्ट्रेलियाले श्रीलङ्कालाई २० रनले हरायाे

 माघ २८, २०७८ शुक्रबार १८:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रीलङ्ककासँगको पहिलो टी–२० क्रिकेटमा अस्ट्रेलिया डकवर्थ लुइस नियमको आधारमा २० रनले विजयी भएको छ ।

वर्षाले प्रभावित खेलमा १९ ओभरमा एक सय ४२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २२ रन मात्र बनाउ सक्यो । उसका लागि पथुम निसान्काले ३६ र दिनेश चन्डिमलले नटआउट २५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवुडले चार र एडम जम्पाले तीन विकेट लिए ।

यसअघि सिड्नी क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रन बनायो । उसका लागि बेन म्याकडेरमोटले ५३ र मार्कस स्टोइनिसले ३० रन बनाए । बलिङतर्फ वानिन्दु हसरङ्गाले तीन विकेट लिँदा दुस्मन्था चमीरा, बिनुरा फर्नान्डो र चमिका करुनारत्नेले दुई–दुई विकेट लिए ।

यो जितसँगै पाँच खेलको टी–२० शृङ्खलामा अस्ट्रेलिया एकशून्यले अघि भएको छ । पाँच खेलको शृङ्खला खेल्न श्रीलङ्का अस्ट्रेलिया भ्रमणमा गएको हो । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया