तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा अस्ट्रेलिया सुपर ओभरमा विजयी भएकाे छ । सुपर ओभरमा श्रीलङ्काले दिएको ६ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले तीन बलमा भेटायो । निर्धारित ओभरमा खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको हो ।
यसअघि अस्ट्रेलियाले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनायो । श्रीलङ्काका लागि पथुम निसान्काले ७३ र कप्तान दसुन सनाकाले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवुडले तीन विकेट लिए ।
यसअघि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले जोश इन्ग्लिसको ४८ र कप्तान एरोन फिन्चको २५ रनको मदतमा ६ विकेट गुमाएर एक सय ६४ रन बनायो । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएकाेमा श्रीलङ्काले १८ रन बनाएपछि खेल सुपर ओभरमा गएकाे हाे । बलिङतर्फ श्रीलङ्काका दुशमन्थ चमीरा र वानिन्दु हसरङ्गाले दुई–दुई विकेट लिए ।
यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा दुई–शून्यले अघि भएको छ । पाँच खेलको शृङ्खलाका लागि श्रीलङ्का अस्ट्रेलिया भ्रमणमा आएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।