तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
भारतले वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम टी-२० क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ । भारतले वेस्ट इन्डिजलाई १७ रनले हराउँदै श्रृङ्खला 'क्लिन स्वीप' गरेको हो ।
१ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६७ रन मात्रै बनाउन सक्यो ।
वेस्ट इन्डिजका निकोलस पुरनले ६१ रनको योगदान गरे भने, रोमारियो शेफर्डले २९ र रोभम्यान पावेल २५ बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतका हर्षल पटेलले ३ विकेट लिए भने शार्दुल ठाकुर, भेनकटेश ऐर र दीपक चाहरले २–२ विकेट लिए । त्यसअघि इडेन गार्डेन काेलकातामा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
भारतका सूर्यकुमार यादवले ६५, भेनकटेश ऐरले ३५, इसान किशनले ३४ र र श्रेयस ऐरले २५ रन जोडे । वेस्ट इन्डिजका जेसन होल्डर, रोमारियो शेफर्ड, रोस्टन चेश, हेडेन वाल्स जुनियर र डोमेनिक ड्रक्सले १–१ विकेट लिए ।
भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८ रनले विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।