पाकिस्तानमा हाम्रा खेलाडीलाई कुनै सुरक्षा चुनाैती छैन : क्रिकेट अस्ट्रेलिया

 फागुन १७, २०७८ मंगलबार १७:३२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्रिकेट अस्ट्रेलियाले आफ्ना खेलाडीहरू पाकिस्तानमा पूर्ण रूपमा सुरक्षित साथ बसिरहेको स्पष्ट पारेको छ । झन्डै २५ वर्षपछि पाकिस्तान पुगेको अस्ट्रेलियाको क्रिकेट टोलीका सदस्य अस्टन अगरलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएपछि सुरक्षाको विषयमा चासो उत्पन्न भएको छ । तर सामाजिक सञ्जालमा प्राप्त भएको अगरविरुद्धको धम्कीलाई जोखिम नमानिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । 

यस्तै अस्ट्रेलियाका खेलाडी स्टिभ स्मिथले पनि २५ वर्षमा भएको पहिलो पाकिस्तान भ्रमणमा अविश्वसनीय रूपमा सुरक्षित महसुस गरेको बताएका छन् । ‘हामीसँग यहाँ काम गर्ने धेरै व्यक्तिहरू छन्, हामी आफ्नो सुरक्षामा विश्वास गर्छाैँ र हामी पाकिस्तानमा अविश्वसनीय रूपमा सुरक्षित महसुस गरिरहेका छौँ’, स्मिथले भनेका छन् । 

अहिलेको टिमका धेरै खेलाडी पहिलो पटक पाकिस्तान आएकाले सबै उत्साहित रहेको र पाकिस्तानीहरू क्रिकेटप्रति निकै उत्साहित रहेको पाएको स्मिथको भनाइ छ । 

पाकिस्तान र अस्ट्रेलियाबीचको पहिलो टेस्ट आउँदो शुक्रवारदेखि सुरु हुनेछ । पाकिस्तान र अस्ट्रेलियाबीच तीन टेस्ट, तीन एकदिवसीय र एउटा  टी–२० खेल हुँदैछ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया