तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठामाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट त्रिकेटमा भारत एक पारी (इनिङ्स) दुई सय २२ रनले विजयी भएको छ । मोहालीमा भएको टेस्टमा भारतले पहिलो पारीमै पाँच सय ७४ रन बनाएको थियो । श्रीलङ्काले भने पहिलो र दोस्रो पारीमा गरेर जम्मा तीन सय ५२ रन बनाएपछि भारत एक पारी र दुई सय २२ रनले विजयी भएको हो ।
पहिलो पारीमा एक सय ७४ रन बनाएको श्रीलङ्काले दोस्रो पारीमा एक सय ७८ रन बनायो । दोस्रो पारीमा श्रीलङ्काका निकोलस डिकवेलाले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले चार/चार विकेट लिए । यस्तै मोहम्मद शामीले दुई विकेट लिए ।
जडेजाले पहिलो पारीमा नटआउट एक सय ७५ रन बनाएका थिए भने बलिङतर्फ पाँच विकेट लिएका थिए । आजको जितसँगै दुई खेलको शृङ्खलामा भारतले एक–शून्यको अग्रता बनाएको छ । यसअघि श्रीलङ्कासँग भएको टी–२० शृङ्खला पनि भारतले 'क्लिन स्वीप' गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।