तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाल खेलकुद पत्रकार मञ्चले आज आइतवार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधामा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरेको छ । मञ्चको छनोट समितिले यस विधामा एथलेटिक्सकी सन्ताेषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो ।
मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थकले मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ ।
मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । समर्थकको ५० प्रतिशत मतभार हुनेछ । त्यस्तै समर्थकले एनएएजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेजमा गइ मनपर्ने खेलाडीको तस्बिरमा लाइक गरेर पनि मत दिन सक्नेछन् । चैत ७ गते राति १२ बजेसम्म मतदान गर्न पाइने छनोट समितिका संयोजक गोविन्द रेग्मीले बताए ।
सामाजिक सञ्जाल फेसबुक पेजमा आएको लाइकको मतभार २५ प्रतिशत रहनेछ । त्यस्तै २७ खेलका प्रमुख प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२ दशमलव ५ प्रतिशत हुनेछ । भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ ।
मञ्चले यसअघि नै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणलाई दशक अवार्डका रूपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ । अन्य विधामा दशक अवार्डबाट खेलाडी सम्मानित हुने भए पनि पिपल्स च्वाइसलाई नियमित अवार्डका रूपमा राखिएको संयोजक रेग्मीले जानकारी दिए ।
यसपटक पिपल्स च्वाइसबाहेक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक हुनेछन् । त्यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने नियमति रूपमा हुनेछन् ।
विगतमा जस्तै दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पाउनेछन् ।
मनोनयनमा पर्न सफल खेलाडी
१. सन्तोषी श्रेष्ठ– एथलेटिक्स
– मध्यम दुरीको दौडमा अब्बल धाविका
– १३ औँ सागदेखि पछिल्लो २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएको नौ वटै प्रतियोगिता स्वर्ण
– हाफ म्याराथनमा पहिलो स्वर्ण (नेपालगञ्ज हाफ म्याराथन २०७८), १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा ।
– १३ औँ सागमा १० हजार मिटरकी स्वर्णधारी उनी गोल्डेन स्प्रिन्ट मिटका उत्कृष्ट खेलाडी (फागुन २०७७)
– गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) मा च्याम्पियन । ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान भंग ।
२. एन्जिला तुम्बापो सुब्बा– फुटबल
– राष्ट्रिय महिला फुटबल टिमकी पहिलो रोजाइकी गोलकिपर ।
– २०७७ साल फागुनमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपीएफ क्लबकी सदस्य ।
– राष्ट्रिय लिगको १२ खेलमा जम्मा १ गोलमात्र बेहोरेको ।
– पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा मासा युनाइटेडबाट खेलेकी । मासाको कप्तानी गरेकी ।
– एन्जिलाको जीवनमा आधारित फिल्म बन्दै, मिलन चाम्सको निर्देशन र प्रेमकुमार श्रेष्ठको निर्माण ।
३. एलिना मर्हजन– टेबल टेनिस
– नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी
– सागमा लगातार दुई पदक (१२ र १३ औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल)
– खेलाडीमात्र नभई प्रशिक्षकमा सक्रिय (स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय) ।
– सामाजिक कार्यमा पनि क्रियाशील (१३ औंबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग)
– टेबलटेनिस परिवारमा हुर्केकी खेलाडी (दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी)
४. कुशल भुर्तेल– क्रिकेट
– डेब्युमै अब्बल प्रर्दशन
– नेपाली क्रिकेटले आशा गरेका प्रतिभावान खेलाडी
– ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक, पाँच अर्धशतकसहित कुल ४ सय ९८ रन बनाउन सफल
– ६ एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित एक सय ४४ रन ।
– घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबका भरपर्दा ओपनर
– आईसीसी टी–२० वरीयतामा ३१ औँ स्थानमा । नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट वरीयता
५. प्रिन्स दाहाल– ब्याडमिन्टन
– विश्व ब्याडमिन्टन जुनियर वरीयताका नम्बर वान
– घरेलु ब्याडमिन्टनमा पनि दबदबा (सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराउन सफल)
– पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टनमा सिनियरतर्फ लगातार दुई उपाधि
– साइनो कप राष्ट्रिय ब्याडमिन्टनमा च्याम्पियन
– इन्डिया इन्टरनेसनल च्यालेन्जमा सिनियरतर्फ सहभागिता
– वरीयतामा सातौं, तेस्रो हुँदै नम्बर एक । २०२४ ओलम्पिक प्रोजेक्टका लागि छनोट नेपाली खेलाडी ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।