प्रिमियर लिगमा टोटेनह्यामले एभर्टनलाई ५–० गोलले हरायो

 फागुन २४, २०७८ मंगलबार ८:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा टोटेनह्यामले एभर्टनलाई फराकिलो गोल अन्तरले हराएको छ।

गएराति भएको खेलमा माइकल केनले आत्मघाती गोलसँगै एभर्टन ५–० गोलको फराकिलो अन्तरले पराजित भयो। केनले खेलको १४औँ मिनेटमा गरेको गोलबाट टोटेनह्यामले अग्रता बनाएको थियो।

टोटेनह्यामका ह्यारी केनले दुई तथा सनह्युङ्ग मिन र सर्जियो रेगुइलोले एक/एक गोल गरे। जितसँगै अङ्कतालिकाको सातौँ स्थानमा रहेको टोटेनह्यामको २६ खेलमा ४५ अङ्क भएको छ। पराजित एभर्टनको २५ खेलमा २२ अङ्क छ । एभर्टन अङ्कतालिकाको १७औँ स्थानमा छ।

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी २८ खेलमा ६९ अङ्ककासाथ शीर्षस्थानमा कायमै छ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया