नेपालले श्रीलङ्का नेभीलाई दियाे १ सय ९७ रनकाे लक्ष्य

 फागुन २४, २०७८ मंगलबार १३:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टाेलीले श्रीलङ्का नेभीलाई एक सय ९७ रनको लक्ष्य दिएको छ । 

कोलम्बोमा आज मङ्गलवार पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । 

यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८/८ तथा कुशल भुर्तेलले तीन रन बनाए । विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १/१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे । 

हिजो साेमवार भएको खेलमा श्रीलङ्का नेभीलाई एक सय तीन रनमा अलआउट गर्दै नेपाल एक सय ११ रनले विजयी भएको थियो । 
संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया