'ए' डिभिजन लिग च्याम्पियन मच्छिन्द्रलाई हराउँदै वाग्मती खप्तड गोल्ड कपको सेमिफाइनलमा

 फागुन २४, २०७८ मंगलबार १८:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – पेनाल्टीमा मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै वाग्मती युवा क्बल सलार्ही मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेशमा गरेको छ । 

धनगढी रङ्गशालामा आज मङ्गलवार भएको खेलमा ए डिभिजन लिग च्याम्पियन क्लब मच्छिन्द्रलाई हराउँदै वाग्मती अन्तिम चारमा पुगेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको हो । 

वाग्मतीले अब फाइनल प्रवेशका लागि फ्रेन्ड्स क्लबसँग खेल्नेछ । वाग्मतीले आफ्नो पहिलो खेलमा पनि ए डिभिजन क्बल एनआरटीलाई पेनाल्टीमा नै हराएको थियो । 

पहिलो सेमिफाइनलमा भोलि बुधवार मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ । सर्वाधिक राशीको खप्तड गोल्ड कपमा १० टोली सहभागी छन् । विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया