सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
भोजपुर – भोजपुरकाे पौवादुङ्मा गाउँपालिकाकाले वर्थिङ्ग सेन्टरमा प्रसूति गराउने महिलालाई रातोभाले प्रदान दिइएको छ ।
बर्थिङ्ग सेन्टरमा आएर प्रसूति गराएकोमा पौवादुङमा गाउँपालिका–३ की प्रविना लम्जेललाइ स्वास्थ्यकर्मी तथा समाजसेवीको उपस्थितिमा गाउँपालिका अध्यक्ष किरण राईले एक हजार भत्तासहित एउटा रातोभाले दिएका हुन् ।
गाउँपालिकाको करिब १८ हजार जनसंख्या मध्ये ५१ प्रतिशतको हारहारीमा महिला रहेको अध्यक्ष राई बताउनुभयो ।
पौवादुङ्मा गाउँपालिकामा तिवारीभञ्याङ्ग, वास्तीम र च्याङ्गेमा गरी तीनओटा वर्थिङ्ग सेन्टर रहेका छन् । गाउँपालिकाको तेस्रो गाउँसभामार्फत त्यो निर्णय पारित भएको थियो ।