खप्तड गोल्डकपमा आज वाग्मती र फ्रेन्ड्स खेल्दै

 फागुन २६, २०७८ बिहीबार ९:१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । धनगढी रंगशालामा हुने खेलमा वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल दिउँसो चार बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोलले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया