तिहार : फेरिँदै देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै – तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ ।
कोलम्बोमा आज बिहीवारकाे खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए ।
नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो । अन्तिम अभ्यास खेलमा भोलि शुक्रवार नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्नेछ ।
विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।