अमेरिका र उत्तर कोरिया पनि नेपालकै राजनीतिक संस्कार अनुसार अगाडि बढेका छन् : प्रधानमन्त्री

 जेठ २१, २०७५ सोमबार १३:५२:९ | उज्यालो सहकर्मी

मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शान्तिको पक्षमा रहेको बताउनुभएको छ ।

प्रदेश तीनकाे प्रदेशसभालाई विशेष सम्बाेधन गर्दै उहाँले नेपालको राजनीतिक व्यवस्था विश्वकै लागि नमुना रहेको बताउँदै नेपाल जहिले पनि शान्तिको पक्षमा रहेको बताउनुभयो । नेपाल अझैसम्म राजनीतिक र सामाजिक सुधारमै लागेको उहाँको भनाई थियो ।

नेपालको शान्ति प्रक्रियालाई विश्वले अनुशरण गरेको भन्दै उहाँले अमेरिका र उत्तर कोरिया पनि नेपालकै राजनीतिक संस्कार अनुसार नै अगाडि बढेको बताउनुभयो । ‘हिंसा आवश्यक छैन’, ओलीले भन्नुभयो, ‘नेपालमा विकासका लागि विखण्डन र द्वन्द्व रोक्नुपर्छ ।’

सरकारले पछाडि परेका र दुर्गमका नागरिकलाई अगाडि ल्याउने गरी काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले नेपाललाई द्वन्द्वमा धकेलिरहने काम अब कहिल्यै नआउने बताउनुभयो ।

‘अहिले शान्तिपूर्ण भने पनि पृथकतावाद लाद्नका लागि शान्तिपूर्ण भनिएको आरोप छ’, ओलीले भन्नुभयो, ‘अब पनि क्रान्ति गर्छु भनेर देशलाई द्वन्द्वमा धकेल्न हुँदैन ।’ उहाँले अहिलेको सरकारको काम कारबाही देशको नियम कानुनसम्मत भएर अगाडि बढ्ने जिकीर गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया