१८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा नेपाल र भारत खेल्दै

 चैत १, २०७८ मंगलबार ८:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीसँगको खेल नेपालका लागि कठिन रहेको तर उत्कृष्ट नतिजाका लागि खेल्ने बताएका छन् ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् । नेपालले दोस्रो खेल मार्च १७ तारिख अर्थात पर्सि बिहीवार बङ्ग्लादेशसँग खेल्नेछ । नेपालले अर्को खेल आउँदो मार्च २१ मा भारतसँग र मार्च २३ मा बङ्ग्लादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।
 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया