जापान पठाइदिन्छु भन्दै चार लाख ५० हजार ठग्ने पक्राउ

 जेठ २१, २०७५ सोमबार १३:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - जापान पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले गोरखाका केदारनाथ ढकाललाई पक्राउ गरेको छ । गोरखाको पालुङ्टारका कृष्णप्रसाद पोख्रेललाई जापानमा राम्रो तलब भएको काममा पठाइदिन्छु भनि पैसा लिएको र भिसा प्रक्रिया गर्दा कागज मिलेन भन्दै आलटाल गरेको प्रहरीले जनाएको छ । 

पीडितका अनुसार केदारनाथले सिटिजन बैंक इन्टरनेशनल लिमिटेड सामाखुशी शाखाबाट रकम भुक्तानी गुर्नु भनेर पैसा नभएको खाताको चार लाख ५० हजार रुपैयाँको चेक दिएका थिए । केदारनाथलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया