खेल क्षेत्रमा एन्टी डोपिङ अभियान सार्थक बनाउन नेपालको जोड

 चैत १, २०७८ मंगलबार १५:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले खेल क्षेत्रमा 'एन्टी डोपिङ' अर्थात् लागुऔषध र शक्तिवर्धक वस्तुको गैरकानुनी प्रयोगविरुद्धको अभियान सार्थक बनाउन जोड दिएको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भइरहेको खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७ औँ एसिया/ओसिनिया क्षेत्र अन्तर–सरकारी मन्त्रिस्तरीय बैठकको पहिलो दिन प्रस्तुति राख्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले एन्टी डोपिङ अभियानमा नेपालको प्रतिबद्धता जनाउँदै यसलाई सार्थक बनाउनुपर्ने बताउनुभयो । 

यस्तै मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको र एन्टी डोपिङ सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताउनुभयो । 

बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गर्नेछ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया