नेपालले पीएनजीलाई हरायाे, राेहित र आरिफकाे १ सय २ रनकाे साझेदारी

 चैत २, २०७८ बुधबार १८:४१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई विकेटले हराएकाे छ । 

संयुक्त अरब इमिरेट्स (यूएई) काे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पीएनजीले दिएकाे दुई सय पाँच रनकाे लक्ष्य नेपालले ४९ ओभर २ बलमा आठ विकेट गुमाएर भेटायाे । नेपालका लागि राेहित पाैडेलले ५८ र आरिफ शेखले ५४ रन बनाए । यस्तै करण केसीले २९, आसिफ शेख १६, विनाेद भण्डारी १२, दीपेन्द्रसिंह ऐरी र साेमपाल समान आठ, ज्ञानेन्द्र मल्ल चार र कुशल भुर्तेल एक रनमा आउट भए ।

नेपालले ४२ रनमा चार विकेट गुमाएकाे अवस्थामा राेहित पाैडेल र आरिफ शेखले पाँचाैँ विकेटका लागि एक सय दुई रनकाे साझेदारी गरे । याेसँगै आरिफ र रोहित शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी बनेका छन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायाे । उसका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए । यस्तै चाद साेपरले ३५, टाेनी उराले २७ र लेगा सियाकाले २५ रन जाेडे ।  

बलिङतर्फ नेपालका साेमपाल कामीले तीन विकेट लिए । यस्तै सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिए । यस्तै आजकाे खेलमा ज्ञानेन्द्र मल्लले पहिलाे एकदिवसीय विकेट लिएका छन् । दुई ओभर बलिङ गरेका उनले ६ रन दिएर एक विकेट लिए ।

शृङ्खला अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पर्सि शुक्रवार यूएईसँग, तेस्रो खेल आउँदो ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया